नेष्डो समृद्ध लघुवित्तले भन्यो 'सबै निर्देशन पालना भएको छ, पुरै लाभांश स्वीकृतिको विश्वास छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 11:39:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्तका प्रबन्ध निर्देशक विश्व प्रकाश प्रसाई ठकुरीले कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत हुनेमा आफुहरु विश्वस्त रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको सम्पूर्ण निर्देशनको पूर्ण पालना हुने गरि लाभांश प्रस्ताव गरीएकोले लाभांश स्वीकृत हुनेमा कम्पनी विश्वस्त रहेको उनले बताए 

कम्पनीको  चैत्र ९ गते साँझ  बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट  हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।  हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

१५ प्रतिशत भन्दा बढी लाभांश प्रस्ताव गर्दा पालना गर्नु पर्ने सम्पूर्ण निर्देशनको पालना गरेर नै कम्पनीले  ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको  प्रबन्ध निर्देशक ठकुरीले बताए । उनले १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गरिएको, १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा जामम गरिएको, र १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गरेर नै लाभांश प्रस्ताव गरिएको बताए। यसरी राष्ट्र बैंकको सबै निर्देशनको पालना गरेर नै लाभांश प्रस्ताव गरेकोले लाभांश स्वीकृत हुनेमा आफुहरु आशावादी रहेको उनको भनाई छ ।

उनले जगेडा कोष, ग्राहक संरक्षण कोष र सामाजिक उत्तदायित्व कोषमा रकम छुटयाउँदा पनि अघिल्लो वर्षको लगभग ४ करोड रुपैयाँ सञ्चित नाफामा बाँकी रहेको बताए । उनले एकै आर्थिक वर्षको लाभांश बितरणमा कुनै लघुवित्तलाई जति पनि बितरण गर्न दिने र कुनैलाई १५ प्रतिशतको क्याप लगाउन नमिल्ने दाबी गरे । राष्ट्र बैंकले लाभांश स्वीकृत नगरेमा लगानीकर्ताको न्यायको लागि अदालत पनि जान सकिने उनले बताएका छन् । 

पछिल्लो समय राष्ट्र बैंकले लघुवित्तहरुको प्रस्तावित लाभांशमा समशोधन गर्दै अधिकतम १५ प्रतिशत मात्र वितरणको लागि स्वीकृति दिने गरेको छ । सोहि अनुसार जीवन विकास लघुवित्त, महुली लघुवित्त, नेशनल माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश मात्र वितरणको लागि स्वीकृति पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved