हकप्रद मार्फत पुँजी वृद्धि गर्दै हाथवे स्टक डिलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 09:04:04 AM मा प्रकाशित

laxmi  sunrise bank

हाथवे स्टक डिलर लिमिटेडले हकप्रद निष्काशन गरेर पुँजी बढाउने भएको छ । कम्पनीको चैत्र १० गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ६३ प्रतिशत (१:०.६३ अनुपातमा) हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले बैशाख ६ गतेदेखि जेठ ९ गतेसम्म हकप्रद निष्काशन गर्ने जनाएको छ । 

पुँजी बजारको खेलाडीका रुपमा परिचित हाथवे इन्भेष्टमेन्टले स्टक डिलर कम्पनी खोलेको हो । पब्लिक कम्पनीको रुपमा २ वर्ष अगाडी हाथवे स्टक डिलर स्थापना भएको हो । 

यो कम्पनी हाथवे इन्भेष्टमेन्टको सहायक कम्पनीको रुपमा रहेको छ। अम्बिका पौडेल हाथवे इन्भेष्टमेन्टका संचालक हुन् । उनकै समुहले स्टक डिलर कम्पनी दर्ता गरेको हो । स्टक डिलरमा हाथवेको ९० प्रतिशत लगानी रहेको छ भने बाँकि १० प्रतिशत व्यक्तिगत लगानी रहेको छ । कम्पनीको अध्यक्ष कमल प्रसाद अर्याल रहेका छन् भने संचालकहरुमा सन्दिप शाह, सुधा अर्याल र सागर ढकाल रहेका छन् । 

 संचालक शाहका अनुसार हाथवे स्टक डिलर कम्पनीले नियामक निकायबाट स्टक डिलरको अनुमति लिएर स्टक डिलरको काम गर्ने छ । हाथवे इन्भेष्टमेन्टले प्राइभेट इक्विटी भेन्चर क्यापिटल सम्बन्धि कार्य गर्ने, अन्य प्रोजेक्टहरुमा लगानी गर्ने, बजारमा आउने थप औजार उपकरणमा लगानी गर्ने लक्ष्य लिएको छ । शेयर कारोबार स्टक डिलर मार्फत गर्ने र अन्य काम  हाथवे इन्भेष्टमेन्ट गर्ने लक्ष्य स्वरुप प्स्टक डिलर कम्पनी दर्ता भएको हो ।

शेयर खरिद किनबेचमा मात्र सिमित नरहेर कम्पनीले दायरा बढाउदै लैजाने जनाएको छ । हाल कम्पनीको पुंजी ५० करोड कायम गरिएको छ ।  पब्लिक लिमिटेडको रुपमा दर्ता गरिएकोले नियामकले अनुमति दिएपछि १५ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्ने कम्पनीले जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved