दोस्रो पटक छ्याङदी हाइड्रोपावरको हकप्रद प्रस्ताव परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 10:13:56 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावरको हकप्रद प्रस्ताव परिमार्जन भएको छ । कम्पनीले यस अघि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेकोमा अब १०० प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने जनाएको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले यस अघि फागुन १२ गतेको संचालक समितिबाट १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । नियामक निकायको निर्देशन बमोजिम हकप्रद निष्काशन अनुपात परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । 

दोस्रो पटक हकप्रद अनुपात परिवर्तन 

 कम्पनीले सुरुमा ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको २०७८ पुस ३० गते सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो । तर कम्पनीको २०७९ फागुन १२ गते बसेको संचालक समितिको बैठकले साधारणसभा पारित गरेको सो ४० प्रतिशत हकप्रद रद्द गरि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । अब भने कम्पनीले १५० प्रतिशत हकप्रदको साटो १०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved