विद्युत नियमन आयोगले घटाइदियो हिमालयन उर्जा विकास कम्पनीको हकप्रद अनुपात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 10:02:42 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन उर्जा विकास कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि स्वीकृति पाएको छ । कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेकोमा आयोगले कम्पनीलाई १:१ को अनुपातमा १ सय प्रतिशत हकप्रद निष्काशनको लागि मात्र स्वीकृति प्रदान गरेको हो ।

 कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ : २ को अनुपातमा २ सय प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको थियो।

नियमन आयोगले स्वीकृति दिएसँगै अब  नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ। कम्पनीले बैंकहरुबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्न हकप्रद मार्फत पैसा उठाउन लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved