रिडी पावर कम्पनीले विद्युत नियमन आयोगबाट पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 05:04:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको पूर्व स्वीकृति पाएको छ । आयोगको वैशाख ३ गतेको पत्रबाट हकप्रद निष्काशनको लागि पूर्व स्वुकृति प्राप्त भएको कम्पनीलेजनाएको छ।

कम्पनीको गत माघ ४ गते बसेको संचालक समितिको बैठकले १:०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो। कम्पनीले  वोनश शेयर वितरण पश्चात् कायम हुने १,५४,८९,०१२ कित्ता शेयरको ५० प्रतिशत अर्थात १:०.५० को अनुपातमा १०० अंकित दरका ७७,४४,५०६ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो । 

नियमन आयोगले पूर्व स्वीकृती दिएसँगै अब विशेष साधारणसभाबाट अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृती दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

 रिडी पावर कम्पनी लिमिटेडको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मे.वाट. क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि हकप्रद निष्काशन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved