आँखुखोला जलविद्युत कम्पनीले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 09:43:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आँखुखोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी असी करोड बराबरको १:२ को अनुपातमा १ अर्ब ६० करोड बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।  विद्युत नियमन आयोगले पुर्व स्वीकृति, कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।  

हकप्रदबाट प्राप्त हुने रकम गणेश हिमाल हाइड्रोपावर प्रा. लि. ले प्रवर्द्धन गर्न लागेको २० मे.वा क्षमताको आँखुखोला -२ जलविद्युत आयोजनामा स्वपुँजी ( Equity) को रुपमा लगानी गर्ने तथा बाँकी रकम  बैकं तथा वित्तिय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्ने कम्पनीले जनाएको छ । 

२० मे.वा क्षमताको आँखुखोला -२ जलविद्युत आयोजनामा कम्पनीले कम्तीमा ६० प्रतिशत लगानी  गर्ने निर्णय यस अघि नै गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved