कहिलेसम्म कायम शेयरधनीले पाउछन् हिमाल दोलखा हाईडोको हकप्रद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 09:49:21 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाईडोपावर कम्पनीले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस स्नागे वैशाख २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन पाउने छन् ।

 कम्पनीले  हालको  पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।  

कम्पनीले हकप्रद निष्काशनको लागि अनुमति माग गर्दै गत पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले वैशाख १२ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

 कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ र १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved