२६.१५ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको खुद नाफा, म्युचुअल फण्ड सञ्चालन गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2023 | 10:01:03 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा नागरिक लगानी कोषको खुद नाफा २६.१५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७८/७९ मा कम्पनीले ६१ करोड ६६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्ष ७९/८० मा कम्पनीको खुद नाफा बढेर ७७ करोड ७९ लाख पुगेको छ 

यस अवधिमा कम्पनी ब्याज आम्दानी १०६.७७ प्रतिशतले बढेर ३० करोड ५० लाख पुगेको छ । कम्पनी कुल आम्दानी  २१.९४ प्रतिशतले बढेर १ अर्ब २५ करोड पुगेको छ 

४ अर्ब २५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैयाँ ४० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २०१ रुपैयाँ ८७ पैसा रहेको छ ।  

कम्पनीले दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएकोले गर्दा सहभागीहरूको मासिक सङ्कलन रकमबाट दैनिक भुक्तानी दिने कार्य भएको हुँदा तरलता सहज भएको जनाएको छ । कम्पनीको मुख्य आम्दानीका रूपमा कोष सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, ब्याज आम्दानी तथा नगद लाभांश रहेको छ । कम्पनीले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved