मर्जर प्रस्ताव पारित गर्दै युनाईटेड र अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 09:21:17 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको छ। दुवै कम्पनीको आज वैशाख २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको हो।

दुवै कम्पनीको विशेष साधारणसभाले  साधारणसभामा मर्जर प्रस्ताव पारित गर्ने, मर्जरको लागि हालसम्म भएका कार्यहरु अनुमोदन गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, संचालक चयन गर्ने अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने र मर्जर सम्बन्धि बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

यी दुई कम्पनी १००:८२.५ को स्वापमा मर्ज हुन लागेका हुन् । अर्थात् युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको १०० बराबर १०० कित्ता नै शेयर पाउने छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले १०० बराबर ८२.५ कित्ता शेयर पाउने छन् । मर्जर पछि बन्ने कम्पनीको नाम युनाईटेड अजोड इन्स्योरेन्स रहने छ भने मुख्य कार्यालय सुन्धारामा रहने छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved