हालै आईपिओ निष्काशन गरेको मोदी इनर्जीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 09:03:32 AM मा प्रकाशित

laxmi  sunrise bank

हालै आईपिओ निष्काशन गरेको मोदी इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले जेठ १६ गते डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो  ।

कम्पनीले वैशाख देखि वैशाख २४ गतेसम्म आईपिओ निष्काशन गरेको थियो  । कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड हुन बाँकि छ  ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्ताव :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक वित्तीय विवरण ( वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. लेखा परीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९ / ०८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । ४. सञ्चालक नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव :

१. कम्पनीको नियमावलीको नियम २७ (३) संशोधन गर्ने ।

२. कम्पनीको प्रबन्धपत्रमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved