संचालनमा नआउदै मर्जरमा नयाँ ब्रोकर: नबिल सेक्युरिटिजले एनबिबिएललाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 10:23:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डबाट स्टक डिलरको लाईसेन्सको लागि आशयपत्र पाएको नबिल सेक्युरिटिजले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ १२ गते विशेष साधारणसभा आह्वान गरेको हो 

एनबिबिएल सेक्युरिटिजलाई नबिल सेक्युरिटिजमा गाभ्ने विशेष प्रस्ताव सहित नबिल सेक्युरिटिजले विशेष साधारणसभा आह्वान गरेको हो। बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने चर्चा चलेपछि तत्कालिन नेपाल बंगलादेश बैंकको सहायक कम्पनीको रुपमा एनबिबिएल सेक्युरिटिज कम्पनी रजिष्ट्रारमा दर्ता भएको थियो । पछि नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि एनबिबिएल सेक्युरिटिजले ब्रोकर लाईसेन्सको लागि आवेदन दिएको थिएँन। अब भने नबिल सेक्युरिटिजले एनबिबिएललाई गाभ्न लागेको हो  

नबिलले १:१ को स्वापमा नै एनबिबिएललाई गाभ्ने लागेको हो। एनबिबिएलले पनि नबिल सेक्युरिटिजमा प्राप्ति हुने प्रस्ताव पारित गर्न जेठ १२ मै विशेष साधारणसभा आह्वान गरेको छ 

दुवै कम्पनीको विशेष साधारणसभामा मर्जर तथा प्राप्तिको लागि हालसम्म भएका कार्य अनुमोदन गर्ने, डिडिए प्रतिवेदन पारित गर्ने, र मर्जर तथा प्राप्तिको लागि बाँकि काम गर्ने अख्तियारी संचालन समितिलाई दिने प्रस्ताव पारित हुने छन् 

एलओआई पाएसंगै नबिल सेक्युरिटिजले ६ महिना भित्र आवश्यक पूर्वाधार तयार पारेर नेपाल धितोपत्र  बोर्डलाई जानकारी गराउनु पर्ने छ । त्यसपछि पूर्वाधार निरीक्षण गरेर बोर्डले कम्पनीलाई लाईसेन्स दिने छ । हाल स्टक डिलरको रुपमा नागरिक स्टक डिलर मात्र बजारमा रहेकोमा नबिल सेक्युरिटिज दोस्रो स्टक डिलर हुने छ । हाल नबिल सेक्युरिटिजको पुंजी डेढ अर्ब रहेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved