
मौद्रिक नीतिको समीक्षा पछिको पहिलो कारोबार दिनमा पनि सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १६.९६ अंक घटेर १८२१.६४ विन्दुमा झरेर बन्द भएको छ ।
आज २६३ कम्पनीका २७ लाख ८५ हजार कित्ता सेयर ८९ करोड ९० लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये लगानी उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।