नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने निर्णयको नेप्से कर्मचारी संघद्वारा स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 04:06:03 PM मा प्रकाशित

laxmi sunrise bank

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने मन्त्रिपरिषदको निर्णयलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नेप्से कर्मचारी संघले स्वागत गरेको छ । 

सरकारी स्वामित्वको नेप्सेलाई कमजोर बनाउन स्वार्थ समूहको लागि नयाँ स्टक एक्सचेञ्ज खोल्न दिन लागिएकोमा हाल यसको प्रक्रियालाई रोक्ने निर्णय स्वागतयोग्य भएको नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले बताएका छन् । 

नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरण प्रकृयामा नीतिगत भ्रष्टाचार तथा आर्थिक चलखेल भएको दावीसहित रोक्न माग गर्दै संसदमा आवाज उठाउने सबैसांसदहरुलाई नेप्से कर्मचारी संघले धन्यवाद पनि दिएको छ । 

‘सरकारी स्वामित्वको राष्ट्रिय सम्पत्ति नेप्सेलाई कमजोर बनाउन सिमित स्वार्थ समूहको लागि नयाँ स्टक एक्सचेञ्ज खोल्न दिने नेपाल धितोपत्र बोर्डको प्रयासलाई सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषद्बाट रोक्ने निर्णय भएकोमा उक्त निर्णयलाई नेप्से कर्मचारी संघ हार्दिक स्वागत गर्दछ’ अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved