अभियान लघुवित्त एक करोड २१ लाख नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 12:16:04 PM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा एक करोड २१ लाख रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजानिक गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । मुख्य आम्दानीको रुपमा लिइने खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी घटेसँगै लघुवित्तको खुद मुनाफा ऋणात्मक हुन पुगेको हो । 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.२६ प्रतिशतले घटेर तीन करोड २८ लाखमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी २०.०४ प्रतिशत घटेको वित्तीय विवरणले देखाउँछ ।  

हाल २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा दुई करोड १९ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको  मुनाफासँगै प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ५० पैसा ऋणात्मक देखिएको छ । 

अघिल्लो वर्षको सो अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved