कुमारी बैंकको ३ लाख १६ हजार कित्ता सेयर लिलामीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 12:20:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । नियामक निकाय नेपाल राष्ट्र बैंकका अनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता संस्थापकहरुलाई  दिनुपर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र निवेदन बुझाउन सक्ने बैंकले जनाएको छ । 

सेयर खरिद गर्न चाहनेले न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

बोलपत्र आवेदन बीओके क्यापिटल मार्केट नारायणचौर नक्सालबाट प्राप्त गर्न तथा बुझाउन सकिने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved