५१ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि २ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 03:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा पुगेको छ । सुचक बढेसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । 

नेप्सेका अनुसार आज २७१ कम्पनीको २ अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सोमबार एक अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १० करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । 

आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved