नेष्डोको लाभांश घटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्र बैंकलाई सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 05:53:22 PM मा प्रकाशित

laxmi bank

नेष्डो समृद्ध लघुवित्तले आफ्नो लाभांश घटाउने राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्टि जनाउँदै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले उक्त निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । 

नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावमा राष्ट्र बैंकले रोक लगाएर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएपछि कम्पनी अदालत गएको थियो ।

कम्पनीले राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई विपक्षी बनाएर जेठ ५ गते दायर गरेको रिटमा आज सुनुवाई गर्दै सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधिश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले दुबै पक्षलाई जेठ १६ गते छलफलका लागि बोलाएको छ ।

नेष्डो लघुवित्तको चैत्र ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरी कुल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तलाई १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको यो निर्देशनमा असन्तुष्टि जनाउँदै कम्पनीको सञ्चालक समितिले राष्ट्र बैंकविरुद्द्ध रिट दायर गरेको थियो ।

यो पनिः

नेष्डोलाई १७.९३ प्रतिशत लाभांश मात्र बाड्न राष्ट्र बैंकको निर्देशन, अदालत जाँदै कम्पनी

नेष्डो समृद्ध लघुवित्तले भन्यो ‘सबै निर्देशन पालना भएको छ, पुरै लाभांश स्वीकृतिको विश्वास छ’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved