बुधबार छिमेक लघुवित्त वित्तीय संस्था र युनाईटेड मोदी हाइडो पावरको बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्थाको ५१ लाख १३ हजार २० कित्ता सेयर नेप्सेमा सुचीकरण भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस लाभांश दिएको हो ।
त्यस्तै युनाईटेड मोदी हाइडो पावरको ८ लाख ५ हजार कित्ता सेयर पनि नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गरेको हो ।