नेप्सेमा वृद्धि कायमै, कारोबार रकममा भने कमी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 03:45:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको छ । सुचक बढे पनि मंगलबारको तुलनामा कारोबार रकम भने केही कमि आएको छ । 

नेप्सेका अनुसार आज २७० कम्पनीको  एक अर्ब ८७ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो दिन मंगलबार नेप्सेमा दुई अर्ब २० करोडको सेयर कारोबार भएको थियो । 

आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ७ करोड ७४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो । 

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने युनिलिभर नेपाल लिमिटेडको शेयर मुल्य ९.९६ प्रतिशतले बढेको छ । 

साढे ९७ रुपैयाँले बढ्यो नेष्डोको सेयर मुल्य

बुधबारको कारोबारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाप्रति लगानीकर्ताको आकर्षण देखिएको छ । गत वैशाख ५ मा लाभांश संशोधन भएको सूचना बाहिरिएसँगै क्रमिक घट्दै आएको यो कम्पनीको शेयर मुल्य आज भने उकालो लागेको छ । मंगलबार सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई कारण देखाउ आदेश दिएसँगै नेष्डोका लगानीकर्ता आशावादी देखिएका हुन् । नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावमा राष्ट्र बैंकले रोक लगाएर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएपछि कम्पनी अदालत गएको थियो ।

आज चार करोड २३ लाख रुपैयाँको कारोबार भएको यो कम्पनीको शेयर मुल्य प्रतिकित्ता ९७.५० रुपैयाँले बढेर २ हजार १५६ सय पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved