अब शेयर बजार माथि उक्लिन थालेको हो ? तथ्यहरुले यसो भन्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 02:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जैनुल अली

शेयर बजार भनेको यस्तो बजार हो, जहाँ खरिदकर्तालाई आफूसँग भएको पैसाले फरकफरक कम्पनीको शेयर किनेर त्यो कम्पनीको मालिकसम्म बन्न , उद्यमीहरूलाई पूँजी जुटाउन र देशको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण कार्य गर्दछ। शेयर बजार धेरै देशहरुमा रहेको छ । नेपालमा पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नामबाट शेयर बजार चलेको छ । 

जसमा धितोपत्रको व्यापार हुन्छ । नेपालको स्टक एक्सचेञ्जमा फरकफरक सेक्टरहरु छन् । जस्तै बैंकिङ, वित्त, होटल, पर्यटन, जलविद्युत, लगानी सूचकाङ्क, जीवन बीमा, निर्माण र प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड, निर्जीवन बीमा, अन्य सूचकाङ्क, ट्रेडिङ् सूचक छन् । जसभित्र आजको दिनमा २२३ वटा इक्वीटी कम्पनीहरु छन् । अहिले शेयर बजार देशको मेरुदण्ड नै बनिसकेको छ । 

यसले देशको आर्थिक गतिविधिको आवस्था झल्काउँछ । यो बजारमा लगानी गर्न धेरै पैसा हुनु पर्दैन । आफूले कमाएको पैसाबाट थोरैथोरै पैसा बचाएर लगानी गर्दै गयो भने कम्पाउन्डिङ (compounding) भएर यसले राम्रो प्रतिफल दिन्छ । वारेन बफेटका अनुसार तपाइँको लगानी जति बढी समय बस्छ, त्यसले कम्पाउन्डिङको ठूलो शक्ति प्राप्त गर्नेछ। 

शेयर बजार लगानी गर्ने प्लेटफर्म हो जसमा  राम्रो कम्पनीमा लगानी गर्दै जाँदा धनी बन्न सहयोग गर्छ । कम्पाउन्डिङको शक्ति नै हरेक सफल लगानीकर्ताको पछाडिको वास्तविक जादु हो, यसले तपाईंलाई दीर्घकालीन रूपमा धनी बनाउन सक्छ। तर कम्पाउन्डिङले काम गर्न तपाईंले उत्कृष्ट गुणस्तरयुक्त स्टकहरूमा लगानी गर्न आवश्यक छ । लामो अवधिका लागि लगानी गरिरहनुपर्छ । संसारका सबै मानिसहरु शेयरबजारले नै अर्बपति भएका छन् स उनीहरुले राम्रो कम्पनीमा लगानी गरे र त्यो कम्पनीको शेयरको मूल्य बढेर अर्बपति भएको हो भनेर बिर्सिनु हुँदैन ।

छोटो समयमा कमाउँछु भन्नेलाई राम्रो प्रतिफल नि दिन्छ र कहिलेकाहीँ शेयर बजारमा फस्न पनि सकिन्छ । शेयर बजारले मान्छेलाई धनी  नि बनाउँछ र रोडमा पनि पुर्याउन सक्छ । रामो कम्पनीको शेयर सही मूल्यमा किनेर लामो समयको लागि लगानीलाई ‘होल्ड’ गर्दा घाटा हुने सम्भावन कम हुन्छ । बजारको ट्रेन्ड हेरेर लामो समयका लागि किन्ने गर्न सकियो भने पछि राम्रो प्रतिफल दिन्छ । कुनै कम्पनीको सयेर किन्नुभन्दा पहिले त्यो कम्पनीको वित्तीय आवस्था कस्तो छ राम्रोसँग हेर्नुपर्छ । 

त्यसको वित्तीय आवस्था हेर्दा कम्तिमा पनि कम्पनीको नेटवर्थ, प्रतिशेयर आम्दानी (EPS), लाभांश वा बोनस शेयर (cash or bonus), ब्लू चिप हो की होइन (Blue Chip Share),  ROE, कम्पनी प्रोफिटमा छ की छैन, कम्पनीको भविष्यको योजना के छ, कम्पनीमा ग्रोथ छ की छैन आदि कुराहरु राम्रोसँग आध्ययन गरेर लगानी गर्नुपर्छ ।

नेपालको शेयर बजार पछिल्लो समय जेठ २ गते देखि माथि जाँदै गरेको छ र यसले शेयर बजारमा सकारात्मक सङ्केत देखाएको छ । अब आउने दिनमा नेपालको शेयर बजार विस्तारै बढ्दै जाने  देखिन्छ । शेयर बजार जोखिमको क्षेत्र हो । यसमा जानेर, बुझेर मात्रै लगानी गर्नुपर्छ । 

नेपालको शेयर बजार माथि जानसक्ने कारण :

अहिलेको स्टकहरुको मूल्य २०७६ सालमा NEPSE ११०० इन्डेक्समा हुँदाको मूल्यमा छ जसको अर्थ सस्तो मुल्यमा कम्पनीहरु छन् l

नेपाल नेपाल राष्ट्र बैंकले ल्याएको नीति नियम (policy) ले गर्दा बैंकको ब्याज (Interest rate) घट्दो क्रममा छ । पहिले नेपाल नेपाल राष्ट्र बैंकले ल्याएको कठोर नीति नियमले बजार तल झरेको थीयो ।

नेपालको आर्थतन्त्र भारतसँग सिधा सम्बन्ध भएको र भारतमा आर्थिक वृद्धि भइरहेको छ जसको सकरात्मक आसर नेपाललाई पर्ने, आर्थिक मन्दीको सिधा आसर नपर्ने 

नेपालको बैंकहरुमा तलारता सहज हुँदै गएको र ऋण लिनलाई प्रचार गर्न सुरु गरेको

नेपाल सरकारले २०७९/८० को बजेट जेठ/आसरमा बढी खर्च गर्न भएकाले तरलता अझै बढ्दै जाने

नेपाल सरकारले २०८०/८१ को बजेट जेठमा आउन लागेको 

Monetary policy मा लिएको debenture आउने पौषसम्म deposit मा गणना गर्न पाउने, जसले तरलता अझै सजिलो अवस्थामा हुने

विश्वको अर्थ व्यवस्थामा आर्थिक मन्दीले गाह्रो गराएको तर नेपालमा सिधा असर नढेखिएको

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved