कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 08:59:49 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुलाएको छ । बैंकले उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा राखेको हो । 

बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

सेयर खरिद गर्न चाहनेले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । सेयर बिक्री मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् ।

१० लाख भन्दा बढीको आवेदन दिनेले प्यान नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved