समीट लघुवित्तको साधारणसभा आह्वान, मर्जर प्रस्तावदेखि एफपीओ निष्काशनको एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 12:48:25 PM मा प्रकाशित

laxmi  sunrise bank

समीट लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले  असार ३ गते अरनिको पार्टी प्यालेस बनेपामा १४औं वार्षिक साधारण सभा बोलाएको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले हाल कायम चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ  १३.५६ प्रतिशतले हुन आउने ६ करोड ७० लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ ।

कम्पनीको सभामा  ८ लाख ५३ हजार ६ सय ६५ कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ।   सभामा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक र सर्वसाधारण सेयरधनीको शेयर अनुपात ७० र ३० प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुने छ।

यस्तै, नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जरको प्रक्रियामा रहेको लघुवित्तले मर्जरका सम्बन्धमा अन्तिम सम्झौतापत्र लगायत मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले जेठ २२ गते बुक क्लोज मिति तोकेको छ । 

यसअघि लघुवित्तले जेठ ३० गते साधारणसभा बोलाएको थियो । साधारणसभाका सम्बन्धमा विशेष प्रस्तावमा फेरबदल गर्नेभन्दै शुक्रबार एक सुचना जारी गर्दै लघुवित्तले उक्त साधारणसभा स्थिगित गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved