शेयरबजारमा दोहोरो अंकको गिरावट, २ अर्ब ६३ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 03:23:47 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा पुगेको छ । सुचक घटे पनि अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने निकै बढेको छ ।

नेप्सेका अनुसार आज २७० कम्पनीको  दुई अर्ब ६३ करोड ९६  लाख रुपैयाँको सेयर किनबेच भएको छ । गतसाताको अन्तिम कारोबार दिन बुधबार नेप्सेमा एक अर्ब ८७ करोडको सेयर कारोबार भएको थियो । 

आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको २१ करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । त्यस्तै नेपाल दुरसञ्चार कम्पनीको ९ करोड १३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो । 

युनियन लाईफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved