भिजन सेक्युरिटिजद्वारा पोखरामा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम, शाखा पनि उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 08:44:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) ले सिर्जनाचोक, पोखरा, कास्कीमा  लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिवार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरेको हो ।

शाखा कार्यालयवाट धितोपत्र कारोवार सम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट केहि समय अगाडि अनुमती प्राप्त भएकाले सोहि अवसरमा विरौटा, पोखरा शाखाको औपचारिक उद्घाटन समेत गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानीगर्दा ध्यान दिनु पर्ने कुराहरु, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कम्पनीको आधारभुत प्राविधिक विश्लेषण सम्वन्धमा भेञ्चर क्यापिटल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत भिम प्रसाद पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए।

भिजन सेक्युरिटिज् प्रा.लि.ले  उपत्यका वाहिर ९ वटा तथा उपत्यका भित्र ३ वटा गरी जम्मा १२ स्थानमा शाखाहरु विस्तार गरि सेवा प्रवाह गरिरहेको छ। धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई धितोपत्र कारोवारमा आवद्ध गर्न र यहाँवाट उचित लाभ लिन सहयोग होस् भन्ने हेतुका साथ देशका विभिन्न स्थानहरुमा लगानीकर्ता सचेतना अभिवृद्धिको कार्यक्रम गरिरहेका कम्पनीले जनाएको छ।

निकट भविष्टमा ईलाम बजारमा उक्तनुसारको कार्यक्रमको आयोजना गरिने कम्पनीले उल्लेख गरेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved