युनिक नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 07:40:51 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्तले निष्काशन गरेको  फर्दर पब्लिक अफरिङ (एफपीओ)  मा आवेदन दिने आज जेठ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ११ गतेदेखि एफपीओ निष्काशन गरेको हो ।

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको एफपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० को रुपैयाँको दर आवेदन दिन पाउनेछन् । एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको हो।

कम्पनीमा संस्थापक र सर्वसाधारण शेयर हिस्सा ९४.०१ प्रतिशत र  ५.९९ प्रतिशत रहेको छ । हाल ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको एफपिओ जारीपश्चात  चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७० प्रतिशत को ३० प्रतिशत रहनेछ ।

 कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरु तथा ‘मेरो शेयर’ अनलाईन सफ्वेयरमार्फत आवेदन दिन सक्नेछन् ।

लघुवित्तको एफपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । नेपाल धितोपत्र बोर्डले वैशाख २१ गते कम्पनीलाई एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved