
 2mb (1).gif)
आन्दोलनरत सेयर लगानीकर्ताको माग सम्बोधन भएको छ। नेपाल धितोपत्र बोर्डको सहजीकरणमा अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा आन्दोलनरत लगानिकर्ताको माग सम्बोधन भएको हो।
माग सम्बोधन भएसँगै आज नै केहीबेरमा सेयर कारोबार सुचारु हुने भएको छ। सेयर लगानीकर्ताले उठाएका माग नै सम्बोधन हुनेगरि सहमति तथा सम्झौता भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बिजपाटीलाई बताए। उनकाअनुसार आजनै सेयर कारोबार सुचारु हुनेछ।
पुंजीगत लाभकर नै अन्तिम रहेको विषयमा सहमति भएको हो । सहमतिको लिखित मस्यौदामा लगानीकर्ताको तर्फबाट र सरकारको तर्फबाट हस्ताक्षर हुने छ ।
सेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर मानिएको तर यसमा भाषागत बुझाई फरक रहेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । यसमा कुनै दुबिधा नहुनलाई आग्रह गर्दै उनी लिखित सहमति गर्न तयार भएका हुन् ।
आर्थिक विधेयक २०८० मा सेयर तथा घरजग्गा कारोबारिलाई पनि करको दायरामा ल्याउने व्यवस्था गरीएपछि विवाद सुरु भएको थियो। अब भने शेयर लगानीकर्तालाई ५ प्रतिशत वा ७.५ प्रतिशतको लाभकर नै अन्तिम हो भनी सहमति भएको छ ।