डिम्याट खातामा आयो सिटी होटेलको शेयर, सिटी सिम्बलबाट कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 08:40:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी होटेल लिमिटेडको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । कम्पनीको शेयर डिम्याट खातामा आएसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सुचिकृत भएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् । कम्पनीको शेयर CITY सिम्बलबाट कारोबार हुने छ । 

कम्पनीले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो । १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन्।

कम्पनीले गत वर्षको कार्तिक १५ बाट काठमाडौँमा पाँच तारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्योगीहरुको लगानी छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved