नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब पुग्यो, अब हाइड्रो र घरजग्गामा लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 04:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । प्रेमा सिंहको अध्यक्षतामा आज सोमबार साधारणसभा सम्पन्न भएको हो।

सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा व्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व. २०७८ ०७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा व्यक्त गरिन् ।

उनका अनुसार आ.व.२०७८/०७९ मा कम्पनीको सबै वित्तिय सूचाङ्गहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले बृद्धि भई रु.१,४४०.७६ करोड पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले बृद्धि भई रु.५,०८०.४२ करोड पुगेको छ । कूल लगानी १९.८५ प्रतिशतले बृद्धि भई रु.४,७०३.९२ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको उनले बताएकी छिन् । उनले कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहेको  र सो आ.व. २०७८ / ०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको उल्लेख गरेकी छिन् ।
 

उनले नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रकृयामा रहेको जानकारी दिएकी छिन्। उनका अनुसार विशेष गरी घरजग्गा व्यवसाय र जल विद्युतमा लगानी बढाउन तर्फ कम्पनीले प्रयास गर्नेछ । यस्तै एक सहायक लगानी कम्पनी स्थापना गर्ने तर्फ पनि आ.व. २०७९ / ०८० मा प्रकृया अगाडि बढाइनेछ ।

कम्पनीको नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा आ.व.२०८०/०८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाएको जनाएको छ ।  कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु. ७३,९२,८९१/- बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ ।

कम्पनीको ३५ औं वार्षिक साधारण सभाले आ.व. २०७८ ०७९ को लागि अद्यावधिक चुक्ता पूँजीको ८ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.१,९५,३८,६६१/- नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको अतिरिक्त चुक्ता पूँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पुऱ्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु. ४,६४,०४,३१,८७५/- मा ८ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/- पुगेको छ र तोकिएको चुक्ता पूँजी सहज रुपमा पूरा भएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved