युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2023 | 10:49:10 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्तले निष्काशन गरेको  फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँदफाँड मिति तय भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले आगामी बिहिबार बिहान ९ बजे एफपिओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

युनिक नेपालले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्काशन गरेको थियो । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर निष्काशन गरेको हो।  साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपिओ निष्काशन गरेको हो।

कम्पनीमा संस्थापक र सर्वसाधारण शेयर हिस्सा ९४.०१ प्रतिशत र  ५.९९ प्रतिशत रहेको छ । हाल ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको एफपिओ जारीपश्चात  चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७० प्रतिशत को ३० प्रतिशत रहनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved