सिटिजन्स बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 04:29:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल लिमिटेडलिई बिक्री प्रबन्धक चयन गरेको छ । 

ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।  बैंकले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्न लागेको हो । बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु. १,००० रुपैयाँ  दरका तीन अर्ब रकम बराबरको ३० लाख कित्ता कित्ता ऋणपत्र जारी गर्ने छ । 

बैंकले १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved