
 2mb (1).gif)
छ्याङदी हाइड्रोपावरले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले जेठ २२ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो कम्पनीले हकप्रद निष्काशनको लागि बैंक अफ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।