नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ २२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति पाएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूजीको ५० प्रतिशत (अर्थात १०:५ को अनुपातमा) ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।