
 2mb (1).gif)
शेयरको दोस्रो बजारमा अनलाईन शेयर कारोबारको लागि युजरनेम लिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आ.व. २०७९।८० को वैशाख मसान्तसम्म अनलाईन शेयर कारोबारको लागि युजरनेम लिने लगानीकर्ताको संख्या १७ लाख ३ हजार ५ सय ६ पुगेको हो।
बोर्डका अनुसर धितोपत्रको दोस्रो बजारमा अनलाईन लिने लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि आएको छ। २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजार भन्दा बढीले युजर आई डि लिएकोमा २०७८ असारमा ७ लाख ९५ हजार ९ सय ३४ लिएका थिए । आ.व. २०७८ । ७९ को अन्त्यमा सो लिने लगानीकर्ताहरुको संख्या १४ लाख ८५ हजार ४ सय ६० पुगेको थियो ।
आ.व. २०७९।८० को वैशाख मसान्तसम्म अनलाईन शेयर कारोबारको लागि युजरनेम लिने लगानीकर्ताको संख्या १७ लाख ३ हजार ५ सय ६ पुगेको हो।