युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 09:21:12 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्तले निष्काशन गरेको  फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहिबार एफपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार एफपिओमा कुल १३ लाख ५७ हजार १ सय ८० जनाको आवेदन भेरिफाई भएको थियो । ति मध्ये १३ लाख ५५ हजार ६ सय ८७ जनाको मात्र योग्य भएको क्यापिटलले जनाएको छ । उनीहरुलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट ३७ हजार ९ सय ४२ जनाले मात्र शेयर पाएका छन् । शेयर पाएका ३७ हजार ९ सय ४२ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन्।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने छ ।   प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ।  जस अनुसार शेयर निष्काशक कम्पनी युनिक नेपाल लघुवित्तको वेबसाइट https://uniquenepalmicrofinance.com.np/,  बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  


युनिक नेपालले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्काशन गरेको थियो । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर निष्काशन गरेको हो।  साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपिओ निष्काशन गरेको हो।

कम्पनीमा संस्थापक र सर्वसाधारण शेयर हिस्सा ९४.०१ प्रतिशत र  ५.९९ प्रतिशत रहेको छ । हाल ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको एफपिओ जारीपश्चात  चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७० प्रतिशत को ३० प्रतिशत रहनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved