
 2mb (1).gif)
अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारमा खेल्नेले नै आर्थिक विधेयकको कुरालाई 'मिसगाइड' गरेको आरिप लगाएका छन् । नेपाल धितोपत्र बोर्डले ३१ औ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक विधेयकमा शेयर लगानीकर्तालाई कर लगाउने कुरै नभएको तर यसलाई जबर्जस्ति मिडियाबाजी गरिएको बताए ।
केहि लगानीकर्ताले यो विषयलाई गलत तरिकाले गलत ब्याख्या गरेर बजार घटाउने र त्यसबाट लाभ लिएको उनले आरोप लगाए । यसबाट आम साधारण लगानीकर्तालाई नोक्सानी भएको उनले बताए । यस प्रकारको गलत अभ्यासलाई रोक्नु पर्ने, तथा शेयर बजारमा चलखेल गरेर आम लगानीकर्ता डुबाउनेखेल रोक्नको लागि पुरा कोशिस गर्नु पर्ने मन्त्री महतले बताए ।
उनले भित्रि कारोबार रोकिएमात्र पुंजी बजार स्वस्थ हुने भएकोले बजारमा हुने भित्रि कारोबार रोक्नको लागि केन्द्रित हुन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । आफ्नो लाभ उठाउन सिमित व्यक्तिले ५६ लाख लगानीकर्तालाई देखाउने काम गरेको भन्दै यस्तो हुन नदिनेलाई सतर्क रहन समेत मन्त्री महतले बोर्डलाई निर्देशन दिएका छन् ।