लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 10:39:45 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज जेठ २५ गते अन्तिम दिन रहेको छ । बैंकले जेठ १६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो।

बैंकले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित दरले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । दश वर्ष अवधिको ऋणपत्रको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको हो । बैंकको सो ऋणपत्र बिक्री तथा निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कुल  निष्काशन भएको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनबाट बिक्री गर्ने जनाएको छ  ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशनका लागि बैंकले गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved