आईपिओ बाँडफाँड भएको ३ वर्षपछि बल्ल लगानीकर्ताले समाज लघुवित्तको शेयर खरिद बिक्री गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेले २०८० असार ३१ गतेदेखि लागु हुने गरि कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ ।
राष्ट्र बैंकले शेयर कारोबार फुकुवा गर्न सक्ने पत्र कम्पनीलाई पठाएपछि आधारभूत शेयरधनी बाहेकका अन्य शेयरधनीको शेयर आगामी आइतबार देखि खरिद बिक्री हुन सक्ने गरि नेप्सेले कारोबार फुकुवा गरेको हो । कम्पनीको SAMAJ सिम्बलबाट कारोबार हुने छ ।
कम्पनीले २०७७ मा आईपिओ निष्काशन गरेको थियो । आईपिओ निष्काशन गरेको एक महिना पनि नपुग्दै २०७७ साल असोज ५ गते समाज लघुवित्तले स्वस्तिक लघुवित्तसंग मर्जरको लागि सम्झौता गरेको थियो। तर मर्जरले गति लिन सकेको थिएँन र दुई संस्थाबीच विवाद बढ्दै गएको थियो । विवाद बढेपछि राष्ट्र बैंकले २०८० जेठ २६ गते दुई संस्थालाई डिमर्जको लागि स्वीकृति दिएको थियो।
यस संगै आईपिओ बाँडफाँड भएको ३ वर्षपछि बल्ल लगानीकर्ताले समाज लघुवित्तको शेयर खरिद बिक्री गर्न सक्ने भएका छन् ।