भिष्मराज ढुंगानाको मुद्दामा आज सर्वोच्च अदालतमा पेशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 11:19:43 AM मा प्रकाशित

laxmi sunrise bank

 नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाको मुद्दामा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ । आज न्यायधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको छ।

यो मुद्दा उक्त इजलाशको ३३ औ नम्बरमा परेकोले मुद्दामा सुनुवाईको पालो आउने संभावना न्यून छ । अर्थ मन्त्रालयले आफूलाई स्पष्टिकरण सोधेर बर्खास्त गरेपछि ढुंगानाले २०७८ भदौ २३ गते रिट सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनले सर्वाेच्चमा ३ वटा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । 

मन्त्रिपरिषदले बर्खास्त गर्ने निर्णय गरेपछि सो विरुद्ध २०७८ कार्तिक ७ गते र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएपछि उक्त नियुक्त बदर गरी आफूलाई नै पुनर्बहाली गर्न माग गर्दै २०७९ वैशाख २१ गते रिट दायर गरेका थिए । अदालतले सबै रिटलाई एकै साथ सुनुवाई गर्दै आएको छ । ढुंगानाले रिटमा आफूलाई निलम्बन गर्ने, बर्खास्त गर्ने र नयाँ अध्यक्ष चयनको लागि भएका सम्पूर्ण प्रक्रिया बदर गरी बोर्ड अध्यक्षमा आफूलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

  २०७९ फागुन २५ गते यस मुद्दामा सर्वोच्चले मिसिल झिकाउने आदेश दिएको थियो ।  फागुन २५ मा कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की र न्यायधिश नहकुल सुवेदीको संयुक्त इजलाशले ढुंगानाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको थियो । उक्त आदेशमा प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग बर्खास्त गर्दाको निर्णयकपि ल्याउन भनिएको थियो । त्यस्तै बर्खास्त गर्दा टेकेका कानूनी आधारसहितका प्रमाणहरु के–के हुन् साथै ल्याउने गरी मिसिल झिकाउने आदेश भएको थियो । त्यसपछि ५ पटक यस मुद्दाको पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो  यस मुद्दामा आज सनुवाई हुने गरि पेशी तोकिएको हो । 

अर्थ मन्त्रालयले ढुंगानालाई बर्खास्त गरेर २०७८ फागुनमा बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved