
अरुण काबेली पावर लिमिटेडले भदौ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। यस हकप्रद निष्काशनमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले असार १३ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।