अपि पावर कम्पनीको हकप्रद आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2023 | 08:52:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनीले आज साउन ३१ गते हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले १:०.४० को अनुपातमा हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन गरेको हो।

कम्पनीले  हाल विद्यमान रहेको चुक्ता पूँजी  चार अर्ब तेऱ्ह करोड बत्तीस लाख चौरासी हजार दुई सय एघार रुपैया उनान्सत्तरी पैसाको १ : ०४० को अनुपातमा रु. १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो  ।  हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ । 

 कम्पनीले हकप्रद निष्काशनको लागि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

 नेपाल धितोपत्र बोर्डले आज असार ६ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । अनुमति माग गर्दै कम्पनीले चैत्र ६ गते बोर्डमा आवेदन दिएको थियो  ।

 कम्पनीले संचालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ  । 

यस्तो छ कम्पनीको बाँकि ऋणको विवरण : 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved