
 2mb (1).gif)
साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से घटेको छ । गतसाता चार दिनको कारोबारमा तीन दिन बढेर एक दिन बजार घट्दा समग्रमा बजार ७४ अंकले बढेको थियो ।
यो साताको पहिलो दिन आज नेप्से सुचक ४२.१४ अंकले घटेर १ हजार ९ सय ६४.९१ को बिन्दुमा बन्द भएको हो । आज २१५ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य बढेको छ । त्यस्तै २ कम्पनीको शेयर भाउ भने स्थिर छ । थ्रीस्टार कम्पनीको शेयर मुल्य सर्वाधिक ५.८१ प्रतिशतले बढेको बजारमा मोलुङ्ग खोलाको सेयर मुल्य सबैभन्दा बढी ९.२१ प्रतिशतले घटेको छ ।
आइतबार २७८ कम्पनीको २ अर्ब एक करोड ४८ लाख ३० हजार ५ सय ६.१४ रुपैयाँको शेयर खरिदबिक्री भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सबैभन्दा बढी २६ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ भने आजैबाट कारोबार सुरु भएको रिलायवल नेपाल लाईफ इन्स्योरेन्सको शेयर मुल्य २४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको देखिन्छ ।