पुँजीबजारबारे अर्थमन्त्रीले गरे छलफल, १२ करोडको क्याप हटाउन गभर्नरलाई आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2023 | 08:51:36 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले शेयरबजारसँग सम्बन्धित सरोकारवाला निकायका प्रमुखसँग छलफल गरेका छन् । मन्त्री महतले आज सोमबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसँग छलफल गरेका हुन् ।

शेयरबजारको पछिल्लो अवस्थाप्रति चिन्तित भएर मन्त्री महतले यो छलफल गरेको उनको सचिवालय स्रोतले जनाएको छ । अनौपचारिक छलफल भनिएपनि मन्त्री महतले छलफलमा शेयरबजारको अवस्थाबारे आफु निक्कै चिन्तित रहेको र सुधारको लागि नीतिगत कदम चाल्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मन्त्री महतले व्यक्तिगतको हकमा शेयरधितो कर्जाको माथिल्लो सीमा १२ करोड बाट बढाएर २५ करोडसम्म बनाउन गभर्नरलाई आग्रह गरेका छन् । त्यस्तै संस्थागतको हकमा यो सीमा पूर्ण रुपमा हटाउन मन्त्री महतले गभर्नरलाई आग्रह गरेको स्रोतले जनाएको छ । त्यस्तै शेयरबजार सुधारको लागि नेप्से र धितोपत्र बोर्डले तत्काल चाल्न सक्ने कदमको बारे पनि छलफल भएको बताईएको छ ।

यस अघि एक सार्वजनिक कार्यक्रम मै पनि मन्त्री महतले शेयर बजारमा लगानी गर्नका लागि समग्र वित्तीय प्रणालीबाट रू १२ करोडभन्दा बढीको शेयर धितो कर्जा नपाउने गरी सीमा तोकेको भन्दै उनले यस्तो सीमालाई रू १८ देखि २० करोडसम्म बनाउन सकिने बताएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved