खानी खोला हाइड्रोले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 05:09:33 PM मा प्रकाशित

laxmi  sunrise bank

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ। 

कम्पनीले भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको सम्बन्धमा परामर्श सेवा सहित निष्काशन हुने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी सिटिजन्स क्यापिटल लिमिटेडसंग सम्झौता गरेको हो । 

शुक्रबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमस ः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved