
एनआइसी एसिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह, २०२३ तथा चाँडपर्वको अवसरमा विभिन्न छुट अफरहरु सार्वजनिक गरेको छ । क्यापिटलले निःशुल्क डिम्याट तथा मेरो शेयर खाता सुविधा सहित पहिलो वर्षको डिम्याट खाता नविकरण शुल्कमा छुट दिने लगायतका अफर घोषणा गरेको हो।
क्यापिटलले आविश्न १४ गतेदेखि मंसिर १५ गतेसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको छ।
२०८१ साल आषाढ मसान्तसम्म संचालनमा रहने गरि क्यापिटल निम्न अफर पनि घोषणा गरेको छ ।
-एन आई सी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न सेभिङ्ग खाताहरु खोल्दा निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने ।
-विद्यार्थीहरुलाई निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिदिने तथा पहिलो वर्षको डिम्याट नविकरण शुल्क छुट हुने ।
-शारीरिक तथा मानसिक कमि कमजोरी भई असक्त भएका ‘क’ तथा ‘ख’ वर्गका असक्त व्यक्तिहरुलाई निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा रहेको ।
-क्यापिटलको वेभसाईटमा गई अनलाइन मार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने तथा रितपूर्वक विवरण भरेको एक घण्टा भित्र डिम्याट खाता उपलब्ध गराइने ।
-वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा रहेका नेपालीहरुले रु.९९९ भुक्तानी गरी आजिवन डिम्याट खाता संचालन गर्न सक्नेछन् ।
-एकमुष्ठ रु.९९९ भुक्तानी गर्दा डिम्याट खाता आजिवन नविकरण हुने हुँदा वार्षिक रुपमा नविकरण गर्ने झन्झट तथा शेयर बिक्री गर्दा क्लोज आउट पर्ने सम्भावना नरहने ।