एनआइसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 08:18:31 AM मा प्रकाशित

laxmi sunrise bank

एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ । दुवै बैंकले साधारणसभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । 

एभरेष्ट बैंकले असोज ३० गते काठमाडौँको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको छ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १०.५३ प्रतिशत नगद लाभांश गरि २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै एनआईसी एसिया बैंकले  असोज २८ गते घटस्थापनाको दिन काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश गरि कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved