नेपाल धितोपत्र बोर्डले आजबाट संचालनमा ल्याएको च्याटबटले नेप्से र शेयर भनेकै नबुझ्ने पाईएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर आज आयोजित कार्यक्रममा अर्थ मन्त्री डा. प्रकाशशरण महतले च्याटबटकौ उद्घाटन गरेका थिए ।
लगानीकर्ताको गुनासो सुन्ने र जिज्ञासा समाधान गर्ने भनिएको यो च्याटबटसँग शेयर, नेप्से जस्ता पुँजीबजारसंग सम्बन्धित सामान्य विषयबारे पनि जानकारी नभएको पाईएको छ । च्याटबटमा तत्कालको लागि अंग्रेजी भाषामा मात्र प्रश्न सोध्न सकिने जनाईएको छ । तर सामान्य प्रश्नको जवाफ समेत च्याटबटले दिन सकेको छैन ।
च्याटबटले नेप्से, शेयर, नेपाल स्टक एक्सचेन्ज, शेयर , डेभिडेन्ड राइट शेयर, कम्पनी जस्ता सामान्य प्रश्न पनि चिन्दैन । यी प्रश्न सोध्दा च्याटबटले अंग्रेजीमा 'माफ गर्नु होला, मैले बुझिन' भन्ने गरेको छ । सामान्य प्रश्नको जवाफ पनि दिन नसक्नु भनेको हास्यास्पद देखिन्छ ।
हेर्नुस् च्याटबटलाई सोधिएका केहि प्रश्न र बटले दिएको जवाफ
what is nepse ?
I'm sorry, I didn't understand that. Could you please rephrase?
what is stock exchange?
I'm sorry, I didn't understand that. Could you please rephrase?