नेपाल सेयरधनी संघमा नयाँ कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2023 | 11:42:12 AM मा प्रकाशित

laxmi sunrise bank

घनश्याम पाण्डेको नेतृत्वमा नेपाल सेयरधनी संघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। एक कार्यकाल मात्र अध्यक्ष पदमा बस्न पाउने विधान अनुसार  प्रथम वार्षिक साधारणसभाबाट संघले नयाँ कार्यसमिति चयन गरेको हो।

शनिवार सम्पन्न साधारणसभाले घनश्याम पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा कमलराज अधिकारी, महासचिवमा सुरज खड्का तथा कोषाध्यक्षमा खोमनाथ प्याकुरेल निर्वाचित भएका छन् । संघको सदस्यहरुमा एलपी शाह, डम्बर श्रेष्ठ, रामकृष्ण कपाली, ओमकृष्ण श्रेष्ठ, अमिर  तिमल्सिना , जयराम घिमिरे, र सम्झना ढुंगाना (निरौला) निर्वाचित भएका छन् । 

यस अघि संघको अध्यक्ष नानीबाबु खरेल थिए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved