सानिमा सेक्यूरिटीज लिमिटेडको कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 07:16:57 PM मा प्रकाशित

laxmi sunrise bank

सानिमा सेक्यूरिटीज लिमिटेड (ब्रोकर नं. ८३ ) ले आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले  आज संयुक्त रुपमा कारोबार उद्घाटन गरेका हुन्। 

उद्घाटन् समारोहमा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले  सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको  रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन्।

सानिमा सेक्यूरिटीज  लिमिटेडले २०८० श्रावण १० गते को दिन नेपाल धितोपत्र बोर्ड बाट र मिति २०८० भाद्र २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड बाट सदस्यता प्राप्त गरेको थियो  ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved