ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 12:43:20 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । धितोपत्र बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले ब्रोकर कमिशन घटाउने निर्णय गरेको हो ।

बोर्ड स्रोतका अनुसार बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा  १० प्रतिशत घटाउने निर्णय गरेको छ । साथै नेप्से र धितोपत्र बोर्डले पाउने कमिशन पनि घटाईएको छ ।

अब बोर्डको निर्णय स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाइने छ । अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि घटेको ब्रोकर कमिशन लागु हुने छ।

बोर्डले ब्रोकर कमिशनको विषयमा पटक पटक अध्ययन गरेको थियो । अध्ययन समितिको सिफारिस अनुसार नै ब्रोकर कमिशन घटाउने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved