ब्लु चिप सेक्युरिटिजले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 11:30:18 AM मा प्रकाशित

laxmi sunrise bank

हालै मात्रै ब्रोकरको लाइसेन्स प्राप्त गरेको ब्लुचिप सेक्युरिटिज लिमिटेडले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। शेयर, बैंक बित्त तथा सरोकारवालाहरुको माझ ब्लु चिपले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो। 

काठमान्डौको महाराजगन्ज स्थित सेल्सबेरी बिल्डिंगको आठौँ तलामा मुख्य कार्यलय राखेर संचालनमा आएको ब्लुचिप सेक्युरिटले दशैं तिहारको शुभकामना आदान प्रदान तथा मित्र मिलन कार्यक्रम गरेर आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो। 

उक्त बार्षिकोत्स कार्यक्रममा बिभिन्न बैंक वित्तीय संस्थाका प्रतिनिधि,  शेयर लगानीकर्ताका नेता तथा लगानीकर्ता, लगानीकर्ता तथा व्यवसायी, निजामति तथा सरकारी कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। 

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार तथा तत्सम्बन्धी कार्यहरु गर्न गराउनलाई 'सिमित कार्य गर्ने धितोपत्र दलाल' को अनुमति पाएको ब्लुचिपले '२०८० साउन १९ गते   नेपाल  स्टक एक्सचेन्ज सदस्यता प्रमाणपत्र पाएको हो।  ब्लुचिपको सदस्य संख्या नम्बर ८८ रहेको छ अर्थात ब्रोकर नम्बर ८८ भनेर ब्लुचिपलाई बुझिनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved